छोरी हत्याको आरोपमा १५ वर्षीया आमा पक्राउ


 



दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्।

 

उनलाई हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

 




राप्ती गाउँपालिका-३ की १५ वर्षीया आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्।

काफ्लेका अनुसार मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन थालिन्। तर दूध नपाएपछि शिशु रूने क्रम रोकिएन।

 

त्यसपछि आवेगमा आएर ती किशोरी आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

 

ती बालिका माइतीमा बस्दै आएकी थिइन्। हाल कामको सिलसिलामा मुस्ताङमा रहेका स्थानीय २२ वर्षीय विकास घर्तीले ती किशोरीसँगको आफ्नो सम्बन्ध स्वीकार गरेको एसपी काफ्लेले जानकारी दिए।

 

‘एक वर्ष पहिले, १४ वर्षको उमेरदेखि नै ती किशोरी र घर्तीको बीचमा सम्बन्धहरू भएको देखिन्छ,’ एसपी काफ्लले भने,‘ मुस्ताङमा रहेका घर्तीलाई झिकाएपछि थप कुरा खुल्ने छ।’

 

शिशुको शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

 



सम्बन्धित
Loading...