आज बढ्यो डलरको भाउसँगै साउदी,कतार ,मलेसिया लगाएत यी देशका मुद्राको भाउ..


काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज अमेरिकी एक डलर साट्दा १२४ रुपैयाँ ५२ पैसा तिर्नुपर्ने हुन्छ । यो हालसम्मकै बढी हो । त्यस्तै, खरिदमूल्य भने १२३ रुपैयाँ ९२ पैसा रहेको छ ।



युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १५ पैसा र सिंगापुरे डलर एकको खरिदमा ९० रुपैया २३ पैसा र बिक्रीमा ९० रुपैयाँ ६७ पैसा पर्नेछ ।

त्यस्तै, जापानिज येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ०४ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिदमा ३३ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३४ रुपैयाँ १० पैसा रहेको छ ।




विस्तृतमा हेर्नुस्…

यो पनि… नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन रु ६०० ले घटेर तोलामा रु ९७ हजार ५०० मा कारोवार भएको छ । सोमबार छापावाला सुन तोलामा रु ९८ हजार १०० मा कारोवार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलामा रु ९७ हजारमा कारोवार भएको छ । हिजो तेजाबी सुन तोलामा रु ९७ हजार ६०० मा कायम भएको थियो । त्यसैगरी, चाँदी तोलामा रु १२ सय ७५ मा कारोवार भइरहेको छ ।

 



सम्बन्धित
Loading...