अल कायदाले दियो भारतमा हमलाको धम्की


FILE – Afghan militiamen join Afghan defense and security forces during a gathering in Kabul, Afghanistan, on June 23, 2021. A new report says decisions by Presidents Donald Trump and Joe Biden to pull all U.S. troops out of Afghanistan were the key factors in the collapse of that nation’s military, leading to the Taliban takeover last year. (AP Photo/Rahmat Gul, File)


अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ ।

 

पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको हो ।

 




६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ । ‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको उल्लेख छ ।

 

१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन । बहसमा उनले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेकी थिइन् ।

 

उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला  भाजपाका अर्का नेता नविन कुमार जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेका थिए । विरोधपछि उक्त ट्वीट उनले हटाएका थिए ।

 

सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निस्काशन गरेको छ ।

 



सम्बन्धित
Loading...