काठमाडौंबाट आउँदै गरेकी महिलालाई कोठामा लगेर २ महिना…


काठमाडौं, जेठ २५ ।



आफन्तकोमा जान काठमाडौंबाट चितवन पिप्ले आउँदै गरेकी एक जना २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चितवन प्रहरीले ४५ वर्षका पूर्ण घलानलाई पक्राउ गरेको छ । पिप्लेनजिक रातको समयमा भण्डारा बजारमा बसबाट झरेकी महिलालाई घलानले भेटेर आफू बस्ने ठाउँमा लगेका थिए ।

घलानले साथीहरु पनि बोलाएर महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ चौधघरेका घलान चितवनमा राप्ती नगरपालिका–६ आदर्श टोलको माछापोखरीको कटेरोमा बस्ने गरेका थिए ।




काठमाडौंमा ज्याला मजदुरी गर्दै आएकी महिला पहिला पनि राप्ती–१ पिप्लेमा रहेको भाउजुको घरमा आउने जाने गर्थिन् । गएको चैत १० गते पनि उनी पिप्ले आउन काठमाडौंबाट गाडी चढेकी थिइन् । तर, पिप्ले नपुगी रातमा भण्डारामा नै झरिन् । ‘हामीले जाहेरीअनुसार अनुसन्धान अगाडि बढाएका छौं । रातमा भण्डारामा झरेपछि महिलाको घलानसँग भेट हुन्छ ।

घलानले पिप्ले टाढा छ भोलि बिहानै पुर्‍याइदिन्छु भनेर आफूसँगै लगेको भन्ने बेहोरा जाहेरीमा छ । सबै विषयमा हामी अनुसन्धानमै छौं’, चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डिएसपी नरहरि अधिकारीले भने । यसबारे इलाका प्रहरी कार्यालय खैरहनीमा मंगलबारमात्रै जाहेरी परेको थियो ।

उजुरीपछि घलानलाई पक्राउ गरेर अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट बुधबार म्याद थप भएको डिएसपी अधिकारीले बताए । हाललाई घलानमात्रै समातिए पनि संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए । ‘उजुरीअनुसार घटना निकै संवेदनशील छ । हामीले संलग्न अन्यलाई समाउने छौं । घटनाको सत्य तथ्य विवरण छिट्टै पत्ता लगाउने छौं,’ डिएसपी अधिकारीले भने ।

 



सम्बन्धित
Loading...