उद्घाटन गर्दागर्दै झोलुङ्गे पुल भत्केपछि मेयर र नगरपरिषद्का सदस्यसहित २५ घाइते (भिडियो सहित)
/ काठमाडौँ।
उद्घाटन गर्ने क्रममा मेक्सिकोमा एउटा झोलुङ्गे पुल भत्किएको छ। राजधानी मेक्सिको सिटीबाट ८० किलोमिटर दक्षिणतर्फ पर्ने कुएर्नाभाका सहरमा मेयरले उद्घाटन गर्ने क्रममा झोलुङ्गे पुल भत्केको हो।
कुएर्नाभाका सहरमा निर्मित पासेओ रिबेरेनियो पुल भत्किँदा मेयरसहित २५ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको मोरेलोस राज्यको जनसुरक्षा निर्देशक इनरिके क्लेमेन्ट गल्लार्दोलाई उद्धृत गर्दै ल्याटिन अमेरिकी टेलिभिजन सञ्जाल टेलेसुरको अनलाइन संस्करणले जनाएको छ।
घाइते हुनेमा कुएर्नाभाका सहरका मेयर होसे लुइस उरिओस्तेगुई, सञ्चारकर्मी एवम् नगरपरिषद्का सदस्य समेत रहेको टेलेसुरले जनाएको छ।
पुल भत्केपछि घाइते भएका मानिसहरुलाई नजिकैको अस्पताल भर्ना गरिएको छ । घटनापछि उद्धार एवम् खोजीकार्यका लागि त्यहाँको नागरिक सुरक्षा निकायले सैनिक एवम् अग्नि नियन्त्रकहरुको सहायता लिएको बताइएको छ।
हेर्नुहोस यो Twiter भिडोयो
#Cuernavaca Mayor and other officials during the reopening of a pedestrian bridge. #México pic.twitter.com/wcNe48vhCA
— David Wolf (@DavidWolf777) June 7, 2022