दैलेख समन्वय प्रमुखमा गठबन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी




दैलेख ः जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । आज बिहीबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार नमराज साही विजयी भएका हुन् ।

समन्वय समितिको प्रमुखमा विजयी साहीले १३ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फका उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले ९ मत प्राप्त गर्दै पराजित भएकी छन् । समन्वय निर्वाचनका लागि दैलेखमा तिन दलिए गठबन्धन रहेको थियो ।




यस्तै, समन्वय समिति दैलेखको उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका केशव बहादुर साहीले ११ मत प्राप्त गर्दै उपप्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार शान्ति साहीले १० मत प्राप्त गर्दै पराजित भएकी छन् ।

११ स्थानीय तह रहेको दैलेखमा समन्वय समितिको निर्वाचनका लागि तिन दलले गठबन्धन गरेका थिए । गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको समन्वय समिति निर्वाचनका लागि बहुमत रहेको थियो ।

यहाँका ११ स्थानीय तहमा नेकपा एमालेले पालिका प्रमुख उपप्रमुख सहित १० पद जितेको थियो । नेपाली काँग्रेसले ९, माओवादी केन्द्रले २ र समाजवादीले पार्टीले १ पद जितेको थियो ।



सम्बन्धित
Loading...