चर्चित दक्षिण भारतीय अभिनेत्री नयनताराले गरिन् बिहे….


 



चर्चित दक्षिण भारतीय अभिनेत्री नयनताराले विवाह गरेकी छन्।

 

नयनताराले आफ्नो प्रेमी तथा निर्देशक विग्नेश शिवनसँग विवाह गरेकी हुन्। उनीहरू ८ वर्षदेखि प्रेम सम्बन्धमा थिए।

 




भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार उनीहरूले महाबलीपुरममा विवाह गरेका छन्। उनीहरूको विवाहमा अभिनेता शाहरुख खान, रजनीकान्त, कमल हसन, चिरञ्जीवी, सूर्या, अजित, कार्थी, विजय सेतुपति, सामान्था रुथ प्रभलगायत कलाकारहरू सहभागी थिए।

 

उनीहरूले भव्य पार्टी दिँदै विवाह गरेका छन्। शानदार दक्षिण भारतीय विवाहमा लग्जरी खाना सेटको प्रयोग भएको बताइएको छ।

 

नयनतारा र विग्नेशकाे भेट ‘ननुम राउडी धान’को सेटमा भएको थियो। सन् २०१५ बाट उनीहरू प्रेम सम्बन्धमा थिए।

 

उनीहरूले सन् २०१६ मा एक अवार्ड शोमा प्रेम सम्बन्धमा रहेको बताएका थिए।

 

 



सम्बन्धित
Loading...