सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् ।
बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।
जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए ।
श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् । सांसद यादव भन्छन्, ‘मेरो कुरा नसुनी उहाँ मात्र बोलेपछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गरेको हुँ । पानीको बोतल बजारेको हुँ ।’
तर आफू मन्त्रीको टेबलमा समेत नगएको उनले दाबी गरे ।