बालेन शाहलाई वडाध्याक्ष रिजालको ब्यांगे: भाइरलवाला दिमागले काठमाडौं बन्दैन, मनको फोहोर फालौँ


काठमाडौ।



स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मेयरमा जित हासिल गर्दैगर्दा देशभरको चासो काठमाडौं महानगरपालिकातर्फ थियो। शाहले निर्वाचित भएर सपथ लिनासाथ पहिलो निर्णय नै कार्यपालिका बैठक लाइभ गर्ने गरे।

बालेन्द्रको यो निर्णयले देशभर थप चर्चा पायो। पहिलो कार्यपालिका बैठकपछि अर्का पात्र पनि चर्चामा आए। उनी हुन्– वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल।




कार्यपालिका बैठकमा विधि र प्रक्रिया मिचिएको भन्दै रिजालले लाइभ बैठकमा प्रमुख प्रशासकीय अधिकृतको आलोचना गरेपछि उनी सामाजिक सञ्जालमा एकाएक छाउन थालेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रिजाल अहिले टिकटकमा समेत छाएका छन्।

वडाध्यक्ष रिजालले सो बैठकमा मेयर बालेन्द्रप्रति आपत्ति जनाएका थिएनन्, उनको आपत्ति प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालमाथि केन्द्रित थियो।

तर, रिजालले बालेन्द्रमाथि नै प्रश्न उठाएको अर्थमा सो घटनाबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। कतिपयले त रिजाललाई गाली गर्दै ‘रिप’ सम्म लेख्न भ्याएका छन्।

काठमाडौं महानगरपालिकामा वडाध्यक्ष रिजालको यो दोस्रो कार्यकाल हो। विद्यासुन्दर शाक्यका पालामा पनि वडाध्यक्ष बनेका उनी महानगरपालिकाका अनुभवी जनप्रतिनिधि हुन्। स्थानीय तहको बैठक सञ्चालनको विधि र प्रक्रियाबारे उनी जानकार व्यक्ति हुन्। नेपाल खबर

 



सम्बन्धित
Loading...