सिड्नीमा नेपाली बारिस्तामाथि तातो कफी प्रहार (भिडियो)

सिड्नीमा नेपाली बारिस्तामाथि तातो कफी प्रहार भएको छ। पश्चिम सिड्नीको एक क्याफेमा कार्यरत नेपालीमाथि तातो कफी प्रहार भएको हो।
स्थानीय समयअनुसार बिहीबार बिहान ११ बजेतिर रोजहिलको सोल बाउलमा घटना घटेको हो। क्याफेका मालिक लिली सेमानका अनुसार एक युवकले युवतिको कफीको पैसा तिर्न खोजेको र क्याफेमा कार्यरत नेपाली युवकले इन्कार गर्दा युवकले दुई वटा तातो कफीले प्रहार गरेको हो।
सेमानका अनुसार आफ्नो कर्मचारीले युवतीले आफै कफीको पैसा तिर्न खोजेकोले युवकले पैसा तिर्न खोज्दा बारम्बार इन्कार गरेका थिए। त्यसपछि आक्रोशित युवकमाथि तुच्छ गाली गर्दै दुव्र्यवहार गरेर तातो कफी प्रहार गरेका हुन्।
क्याफेमा कार्यरत युवक ललितपुर घर भएका सुमन धिताल रहेका छन्। उनले आफूले काम गर्दा यस्तो अनुभव पहिलो पटक भोगेको बताएका छन्। तातो कफीको कारण उनको अनुहार र हात जलेको छ।
प्रहरीले भने सो घटनाको अनुसन्धान गरिरहेको छ। छोटो कालो कपाल र दाह्री भएको करि ३० वर्षको उमेरको युवकको खोजी गरिरहेको छ।