बुबाले क्याम्पसमा छोडेको एक घण्टामै सेती नदीमा हामफालिन् ‘कञ्चन’
पोखरा । पोखराको सेती नदीमा धादिङकी एक युवती हामफालेर बेपत्ता भएकी छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेकी कञ्चन अगस्ती बुधबार दिउसो १२ः४१ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
प्रहरीका अनुसार उनी नदीपुर र फूलबारी जोड्न बनाइएको पूरानो पुलको बीचबाट हामफालेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ । उनले नदीमा हामफाल्नु अघि आफ्नो परिचयपत्र भने पुलमै छोडेकी थिइन् ।
परिवारजनका अनुसार उनी पोखराको पृथ्वीनारायण क्याम्पसको दिवासत्रमा अध्ययनरत थिइन् । सदाझैं बुधबार पनि ११ः४५ बजे उनका बुबा युगमराज अगस्तीले मोटरसाइकलमा क्याम्पस पुर्याएर फर्किएका थिए । उनको कितावसहितको झोला कक्षा कोठामै छ ।
बुबा युगमराजले क्याम्पस छोडेको करिब एक घण्टामा नै कञ्चन नदीपुरस्थित पुलमा आइपुग्नुले उनले पूरै तयारी नै गरेर यस्तो गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बुधबार साँझसम्म प्रहरी, सशस्त्र प्रहरीको रेस्क्यु टिम, आफन्तजन र केही स्थानीयको सहयोगमा कञ्चनको खोजी गरिएको भए पनि फेला परेको छैन । खोजी कार्यलाई बिहीबार बिहानैबाट निरन्तरता दिइने कास्की प्रहरीले जनाएको छ ।
परिवारको असल छोरी, साथीभाइसंग अत्यन्तै मिलनसार थिइन् कञ्चन
कञ्चन परिवारमा मात्रै होइन् सबैतिर मिलनसार थिइन् । कसैलाई नराम्रो व्यवहार गर्थिनन् । कतै जाँदा होस्, या घरमा पाहुना आउँदा सबैलाई सम्मानजनक व्यवहार गर्थिन । आफ्ना बुबाको निकै राम्रो ख्याल गर्थिन् । बुबा घरबाट बाहिर हुँदा, घरमा ढिलो पुग्दा र फोन नउठ्दा उनले बुबाका साथीहरुलाई फोन गरेर बुबाको खबर सोधिरहन्थिन् ।
घरको काममा आमा र बुबाको व्यवसायमा पनि सघाउने कञ्चन पढाइमा पनि तेज थिइन् । उनले राम्रो अंक ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनी बिरामी परेपछि बुबाले अहिले पढाइ रोक, पछि ठीक भएपछि पढौली भन्दा पनि उनी आफैले नै पढ्छु भनेर कर गरेकी थिइन् । त्यसपछि बुबाले क्याम्पस भर्ना गरिदिएका थिए । क्याम्पसमा पनि प्रवेश परीक्षामा पनि उनले राम्रै गरेकी थिइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****