पोषण सम्बन्धि सहयोगी सहजकर्तालाई दुई दिने तालिम


श्याम थापा
सुस्ता १९ बैशाख
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा सुआहारा बेस नेपालको आयोजनामा पोषण तथा स्वास्थ्य व्यवहार परिवर्तन सम्बन्धि सहयोगी सहजकर्तालाई दुई दिने तालीम आजबाट सुरु भएको छ ।



आमा समुहका अध्यक्ष माया गिरिको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाको वार्ड न ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको प्रमुखअतिथ्यतामा संचालन हुदै गरेको तालिममा पक्लिहवाको १००० दिनका आमाहरु करिब ५० जनाको सहभागिता रहेको छ ।

तालिमको सहजीकरण सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्वास्थ्य चौकी इन्चार्ज राजकिशोर मण्डल र सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर भागिरथी भेडिहारले गरेका छन भने सो तालिमको उद्द्घाटन कार्यक्रममा पत्रकार श्याम थापा,सुस्ता ५ का वडा सचीव कर्ण बहादुर दर्लामी,सुस्ता सन्देश साप्ताहिक पत्रिकाका प्रकाशक एवंम सम्पादक उमाकान्त गिरि र सुआहारा कार्यक्रम संयोजक बिना चौधरी लगायतका बक्ताहरुले तालिमको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



सम्बन्धित
Loading...