नुवाकोटमा एक पुरुष विद्युत तारमा झुन्डिए, झर्न नमान्दा प्रहरीलाई हैरानी


नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेका हुन्



उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक हुन् । यो घटनाले प्रहरी हैरानीमा परेको छ । उनी तारमा पनि हिड्ने गरिरहेका छन् । प्रहरीले उनलाई फकाएर तारबाट तल झर्न आग्रह गरिरहेको छ । तर उनी झर्न मानेका छैनन् । प्रहरीका अनुसार विक मानसिक सन्तुलन गुमेका व्यक्ति हुन् ।

अर्को समचार पनि हेर्नुहोस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्र प्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।




नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले आज उनलाई पर्यटन दूतमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेको छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले शाहलाई पर्यटन दूतमा नियुक्त गरेको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने बताइएको छ ।

 



सम्बन्धित
Loading...