यसरी उद्धार गरियो हाइटेन्टसन लाइनमा चढेका प्रेम बिकलाई
नुवाकोट -ककनीको हाइटेन्टसन लाइनमा चढेका प्रेम बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।
यो पनि पढ्नुहोस – जिल्लाको ककनी गाउँपालिका ७ स्थित प्रसारण लाइनमा एक व्यक्ति चढेपछि विद्युत् सेवा अवरुद्ध भएको छ । बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर त्रिशूली-३ ‘ए’ को प्रसारण लाइनमा उक्लिएपछि विद्युत् प्राधिकरणले उत्पादन नै बन्द गराएको हो ।ती व्यक्ति मानसिक सन्तुलन ठीक नभएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार अहिले पनि बिक प्रसारण लाइनमै ओहोरदोहोर गरिरहेकाले विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । प्रहरी र स्थानीयवासीले उनलाई ओराल्न प्रयास गरिरहेको अध्यक्ष तामाङले बताए ।तामाङले भने, ‘आज बिहान ११ बजेतिर चारखुट्टे खम्बाबाट युवा उक्लिँदै गरेको देखेपछि विद्युत् प्राधिकरणलाई खबर गरेकोले दुर्घटना हुन पाएन । तर जोखिम अहिले पनि छ । ‘जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिकका परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।