मेयर हर्क साम्पाङको नगरमा यस्तो चमत्कार ! फोहोरबाट धमाधम ग्यास निकाल्यो, काठमाडौंले के सिक्ने? (भिडियो सहित)


धरान उपमहानगरपालिकामा सामाजिक समस्या परे सर्वसाधारणले सम्झने नाम हो हर्क साम्पाङ । धरानका बासिन्दा समस्या परे जनप्रतिनिधिलाई भन्दा पहिला साम्पाङलाई खोज्थे ।



खानेपानी, भ्रष्टाचार, चुरे दोहनको मुद्दा उठाउँदै आएका उनी एक दशकयता धरानका चोक र चौतारीमा खबरदारी गरिरहेका हुन्थे । सर्वसाधारणलाई समस्या परेका ठाउँमा पुग्थे, सरोकारवाला निकायलाई प्रश्न गर्थे उनी ।

प्रश्न गर्ने साम्पाङलाई धरानका बासिन्दाले अब जवाफ दिने ठाउँमा पुर्‍याएका छन् । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको दबदबा तोड्दै साम्पाङ मेयरमा निर्वाचित भए । ‘साम्पाङले हिजो प्रश्न गरे,’ धरानका युवा रवि खनालले भने, ‘आज जवाफ दिने ठाउँमा पुगे ।’




निरन्तर सामाजिक मुद्दामा प्रश्न उठान गरेका कारण साम्पाङलाई धरानका मतदाताले पत्याएका हुन् भन्छन् विश्लेषक राजेन्द्र शर्मा ।

https://youtu.be/vLJCQj4f_5Q



सम्बन्धित
Loading...