१६ वर्षीया किशोरीमाथि सामूहिक ब`लात्कार, अचेत बनाएर जबरजस्ती ग`र्भपतन

बारामा एक किशोरीलाई सामूहिक ब`लात्कार गरेर जबरजस्ती ग`र्भपतन गर्न लगाइएको घ`टना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका- ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक ब`लात्कार गरेका थिए ।
ब`लात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको ज्यादतीबारे अभिभावकलाई जानकारी गराएपछि घ`टना बाहिर आएकाे हाे ।
आइतबार पीडित किशोरीका अभिभावकले आ`रोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आ`रोपित दुवै युवक र डाक्टर महतो फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए ।
पीडित किशोरीकी आमाका अनुसार तीन महिनाअघि ब`लात्कार भए पनि आ`रोपित युवकहरूले ज्यान मार्ने धम्की दिएर तर्साएका कारण किशोरीले आफूमाथि भएको कुकर्मबारे कसैलाई पनि जानकारी गराउन सकेकी थिइनन् । तर महिनावारी (रजश्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकहरुलाई भेटेर आफू गभर्भवती भएको बताएकी थिइन् ।
त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबरजस्ती डाक्टर महतोकोमा लगेर ग`र्भपतन गराएको बताइएको छ ।