इटहरी बजार क्षेत्रमा फेला परेको चितुवा नियन्त्रणमा

इटहरी बजार क्षेत्रमा फेला परेको चितुवा नियन्त्रणमा लिइएको छ । इटहरी जुट विकास र एकता टोल क्षेत्रमा देखिएको चितुवालाई वन कार्यालयका कर्मचारीहरूले नियन्त्रणमा लिएका हुन् ।
चितुवा नियन्त्रणकाे लागी प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारीहरू खटिएका थिए । चितुवा नियन्त्रणमा लिएको क्षेत्रमा चितुवा हेर्नेहरूको भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।