ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु




बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देवेन्द्र बछार चौधरी  र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 




हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिएको थियो ।

 

दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

 



सम्बन्धित
Loading...