नवलपरासीमा धान रोपाई सुरु
रामकरण अम्बेडकर परासी :
पश्चिम नवलपरासीमा मल नपाए पनि किसानहरुले धान रोपाई सुरु गरेक छन ।
नवलपरासीका विभिन्न स्थानमा धान रोपन सुरु गरेका छन । गत वर्ष भन्दा यो वर्ष ईन्धनको महंगाईका कारण खेत जोतन गार्हो भएको छ । ईन्धनको मुल्य निर्नतर बृद्धी भई रहेकोले राम्रो तरिकाले खेत जोतन सकेको छैन कृषकहरुले बताएका छन ।
सरकारले खेती गर्ने बेला किसानहरु लाई खेती गर्नको लागि मल (खाद) विउ बिजन उपलब्ध गराउन सकेको छैन । समयमा मल उपलब्ध गराउन नसकेपछि छिमेकी राष्ट्रबाट मल विउ बिजन ल्याउन बाध्य भएको कृषकहरुले बताए ।
यो वर्ष पटक पटक डिजल पेट्रोल मट्टीतेलका मुल्य बृद्धिका कारण खेत जोतन नसकेपछि यस वर्ष पचास प्रतिशत भन्दा बढी किसानहरु धानको विउ खेतमा छर्कनु खेती गरेको पाल्हीनन्दनका ईसिबराज कर्मीले बताए ।
किसानहरुको जिवनस्तर उकास्नको लागि नेपाल सरकारले कृषि पकेट क्षेत्र कृषि आधुनिकिकरण गर्दै कृषि प्रधान देशलाई आत्म निर्भर बनाउने घोषणा गरे पनि अहिले धान रोपने बेला स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकारले किसानहरुलाई समयमा मल उपल्बध गराउन नसकेपनि कृषकहरुले धान रोपाई गरी रहेको किसानहरुले बताए ।