हेटौंडा सामुदायिक आँखा अस्पतालको अवलोकनमा बालेन र सुनिता


काठमाडौं



महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले सामुदायिक आँखा हेटौंडा अस्पतालको अवलोकन गरेका छन् ।उनीहरूले सो अस्पतालको सेवा सम्बन्धमा जानकारी लिएका थिए ।उपमेयर सुनिता डंगोलको अनुरोध- जैविक/अजैविक फोहोर छुट्याइदिनुस्काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले फोहोरलाई जैविक वा अजैविक घरबाटै छुट्टाउन अनुरोध गरेकी छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जैविक र अजैविक फोहोर छुट्याइदिन अनुरोध गरेकी हुन्।




काठमाडौं महानगरपालिकाले अहिले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताइन्। बञ्चरेडाँडाका स्थानीयले आन्दोलन गरेपछि लामो समयदेखि काठमाडौंमा फोहोर उठ्न सकेको थिएन।

शुक्रबार स्थानीयबासीसँग पनि सहमति पाएपछि काठमाडौंका फोहोर उठ्न थालेका हुन्।‘हामीले फोहोर मैला व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं। र हिजोबाट फोहोर पनि उठ्न थालेको छ,’ उनले भनिन्।उनले यसरी फोहोर उठ्न थालेपनि दीर्घकालीन समाधान भने नभएको बताइन्। त्यसको लागि फोहोरहरू छुट्याउनुपर्ने उनले बताइन्।‘यो दीर्घकालीन समाधान भने पक्कै होइन।

हामीले फोहोर मैलालाई सेग्रेगेशन एट द सोर्स अर्थात जहाँ स्रोत हो त्यहीँ नै विकेन्द्रिकरण गरेर फोहोरको व्यवस्थापन यतै गर्नुपर्छ,’ उनले भनिन्,‘त्यसैलाई नै हामीले दीर्घकालिन रूपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउँदैछौं। छिट्टै लागु गर्छौं।’उनले थपिन्, ‘यहाँहरू सबैलाई विनम्र अनुरोध छ फोहोर घरैबाट जैविक-अजैविक छुट्टाइदिनुहोला। केही समय गाह्रो होला तर पछि बानी पर्दै गएपछि यस्तो सजिलो काम अगाडि नै गर्नुपर्ने रहेछ भन्ने पनि लाग्न सक्छ।

सकेसम्म जैविक फोहोरहरूलाई घरैमा मल बनाउन पनि अनुरोध गर्छु।’यसअघि काठमाडौं महानगरपालिकाले पनि कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेको थियो। त्यसरी नछुट्याए फोहोर नै नउठाउने बताइएको थियो।



सम्बन्धित
Loading...