सैनिक पोशाक लगाएर निकुञ्जमा सिकार, बन्दुकसहित समातिए सिकारी
सैनिक पोशाक लगाएर निकुञ्जमा सिकार हुने गरेको पाइएको छ। नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जबाट सेनाकै पोशाकमा एक सिकारीलाई पlक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो।
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त गस्ती टोलीले सैनिक पोशाकसहित सिकारी बलबहादुर पल्लीलाई पlक्राउ गरेको हो।
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त गस्ती टोलीले सैनिक पोशाकसहित सिकारी बलबहादुर पल्लीलाई पlक्राउ गरेको हो।
बाँकेको कोहलपुर नगरपालिका–१३ सिम्रीका ५४ वर्षीय पल्लीले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा भरुवा बlन्दुक नालसमेत सेनाले बरामद गरेको छ।