जंगली च्याउ खादाँ एकैपरिवारका दुइजनाको मृत्यु, दुईजना बिरामी




३१ जेष्ठ । ओखलढुंगामा जंगली च्याउ खाँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने अन्य दुई जना बिरामी परेका छन् ।

सोमबार बेलुका जंगली च्याउ खादाँ चम्पादेबी गाउँपालिका ७ फुलबारीका ९३ बर्षिय मनमाया बिष्ट र २४ बर्षिय कुमारी लामीछानेको मृत्यु भएको हो ।




च्याउ खाएर सोही परिवारका २४ बर्षिय राजन बिष्ट र उनका तिनबर्षिय छोरी सरीस्मा बिष्ट बिरामी परेका छन् ।

उनीहरुको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ। बेलुका जंगलमा भेटिएको च्याउ खाएर सिकिस्त बिरामी परेका चारै जनालाई स्थानीयले उद्धार गरी उपचारका लागी ओखलढुंगा सामुदायिक अस्पतालमा ल्याएको थिए ।

अस्पतालमा उपचारका क्रममा २४ बर्षिय कुमारी लामीछानेको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुकदेब खनालले जानकारी दिए ।

अन्य बिरामीहरुलाई थप उपचारका लागी हेलिकप्टरमार्फत काठमाण्डौ लगाीएकोमा ९३ मनमाया बिष्टकोे उपचारका क्रममा मंगलबार आज बिहान मृत्यु भएको प्रहरी प्रमुख खनालको भनाई छ ।

बिरामीमध्ये दुई बाबा छोरीको अवस्था सुधारउन्मुख रहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...