ब्रेकअपपछि सुटिङ सेटमै पूजा र आकाशले यस्तो गरेपछि करोडौ लगानी गर्न लागेका निर्माता तर्सिए !
काठमाडौं । के ब्रेकअपपछि पनि प्रेमजोडी असल साथी बन्न सक्छन् ? विदेशतिर सम्बन्धबाट अलग भइसके पनि व्यावसायिक पक्षमा भने सेलिब्रिटी एकसाथ देखिन्छन् ।
तर पूजा शर्मा र आकाश श्रेष्ठ भने यो कुरामा अपवाद देखिए । ब्रेकअप भएको लामो समय बिते पनि यी दुई जनाबीच अहिलेसम्म हार्दिकता पलाएको देखिएन ।
सन्दर्भ : अहिले छायांकन भइरहेको फिल्म ‘सम्झना बिर्सना’ गीतको । डिस्को हुँदै भक्तपुर दरबार स्क्वायर र सोमबार ललितपुर गोदावरीमा अन्तिम दिनको छायांकन भयो ।
तर पूजा र आकाशबीचको सम्बन्ध सहज नहुँदा छायांकनमा कठिनाइ भएको गुनासो फिल्म निर्माताले गरेका छन् । ‘पहिलेजस्तो सहज ढंगले सट दिइरहेका छैनन् । हेर्दा सम्बन्ध साँच्चिकै बिग्रिएको भन्ने बुझिन्छ,’ निकट स्रोतले भन्यो ।
‘निर्देशकले सिकाए जसरी काम त गर्छन्, तर पहिले जसरी सिकाएर गरिएको देखिएन । अस्ति नै मार्क गरेका थियौं डिस्कोमा । हिजो पनि देख्यौं,’ स्रोतले भन्यो, ‘आफ्नो मात्र काम गर्ने, बिग्रिएको भनेर मतलब नगर्ने । ‘कट्’ भन्नेबित्तिकै आफ्नो कामतिर लाग्ने । एकअर्काको वास्ता नगर्ने रहेछ अहिले सम्बन्ध ।’