ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी हानेको आरोपमा ४ विद्यार्थी पक्राउ


 



काठमाडौं महानगरपालिका–२९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

 

खुकुरी प्रहार गरेको आरोपमा ४ जना विद्यार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए ।

 




पक्राउ पर्नेमा म्याग्दी घर भएका १८ वर्षीय जोसेन बानियाँ, रामेछापको मन्थली घर भएका १८ वर्षीय विपिन खत्री, ओखलढुंगा घर भएका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौंको टोखा घर भएका १८ वर्षीय सञ्जीव भण्डारी उर्फ अनमोल छन् ।

 

आरोपीहरु ट्रिनिटी कलेजमा मानविकी संकायमा ११ कक्षामा अध्ययनरत छन् ।१० दिनअघि बास्केटबल खेल्दा भएको विवाद कारण दुई पक्षको बिचमा झगडा हुन लागेको थियो ।

 

सो झगडा सुरक्षा गार्डले छुट्याउन खोज्दा विद्यार्थीहरुले खुकुरी प्रहार गरेका थिए । जेठ ३१ मा खुकुरी प्रहारबाट घाइते भएका सुरक्षा गार्ड उपचारपश्चात डिस्चार्ज भएका छन् ।

 

 



सम्बन्धित
Loading...