बालेन शाहको सक्रियतामा काठमाडौंको सफाइमा फेरि ब्रुमर सञ्चालन


 



काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रियतामा बुधबारदेखि ५ वटा ब्रुमर पुनः सञ्चालनमा आएका छन् ।

 

मर्मतपछि  आजबाट पाँच वटा ब्रुमरहरुले काठमाडौं सफाइ गर्न थालेको शाहले जानकारी दिए ।

 




उनका अनुसार भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्नेछन् ।

 

वर्षायाम भएकाले केही असहजता भएपनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौं लाई धुलो रहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगी सिद्ध हुने मेयर शाहको विश्वास छ ।

 



सम्बन्धित
Loading...