कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको मृत्यु

काठमाडौंको टोखामा कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको मृत्यु भएको छ।
मंगलबार दिउँसो टोखा नगरपालिका-६ धापासी डाँफे कोलोनीनजिक सडकमा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश १-०२१ च २९५६ नम्बरको कार र प्रदेश २-०३५ प ०५२० नम्बरको स्कुटर ठोक्किएका थिए।
दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-६ धापासी बस्ने १९ वर्षीया प्रबिना नेपालका भतिज पाँच वर्षीय प्रियन्स उप्रेतीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।