‘राजनीतिमा लाग्छु’ भन्दै रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी

ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्। उनले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको जनाएका छन् ।
ट्रेन्डिङ

ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्। उनले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको जनाएका छन् ।
लामिछानेले काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट संघीय निर्वाचन लड्ने तयारी थालेका छन्। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका नजिक रहेका उनले काठमाडौंबाटै चुनाव लड्ने तयारी गरे पनि गगन थापासँग क्षेत्र नम्बर ४ मा लड्ने वा अर्कै क्षेत्र रोज्ने भन्ने टुंगो लागिसकेको छैन ।
बालेन्द्रको टिमसँग नजिक रहेका लामिछानेलाई स्वतन्त्र उम्मदेवारकै रुपमा चुनावी मैदानमा जान निकटस्थहरुले सुझाव दिएको स्रोतले नेपालखबरलाई बतायो ।
Recover your password.
A password will be e-mailed to you.