नदीमा खसेर किशोरीको मृत्यु




बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् ।

 

डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन् ।

 




नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले  निकालेका थिए । एक साता अगाडि  एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।

 

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको  जिवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए ।  गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ ।

 



सम्बन्धित
Loading...