जनप्रतिनिधिबाट नै बालिका बलात्कृत, सात दिने म्याद थप गरी अनुसन्धान




रोल्पामा एक जना जनप्रतिनिधि बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसीमाथि १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।

 




पक्राउ परेका केसी नेपाली कांग्रेसबाट गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जेठ ३० गते जिल्लाको माडी गाउँपालिका वडा नं. १ की १४ वर्षीया बालिकामाथि बलात्कार गरेको उजुरीपछि वडा सदस्य केसीलाई सोही दिन राति पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका केसीबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान कार्य अगाडि बढेको डिएसपी घिमिरेले बताए।

केसीविरूद्ध इलाका प्रहरी कार्यालय घर्तीगाउँमा मुद्दा चलाइएको छ।

घर्ती गाउँका प्रमुख प्रहरी निरीक्षक देबराज भट्टराईले कक्षा ९ मा अध्ययनरत ती बालिकाको घरमै मध्यान्ह साढे १२ बजेतिर वडा सदस्यले जबरजस्ती करणी गरेको भनेर पीडितले जाहेरी दिएको जानकारी दिए।

पक्राउ परेका केसीको बयान भइनसकेको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...