विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


stop violence children and abuse in family concept


कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् ।

 

रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

 




अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्रेर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताए ।

 

ती शिक्षकमाथि कक्षा ३ मा अध्ययनरत विद्यार्थी उपर विद्यालय समयमै यौनजन्य अस्वाभाविक कार्य गरेको आरोप छ ।

 



सम्बन्धित
Loading...