दुर्घटनाबाट बालबाल बचे प्रधानमन्त्री देउवा, इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण




प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ ।

सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।




नेपाली सेनाको हेलिकोप्टरमा इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन हेलिकोप्टरमा गएका थिए ।

एक उच्च प्रहरी अधिकारीका अनुसार विमानस्थलमा अवतरण भएपछि प्रधानमन्त्री देउवाले २० मिनेट बढी नेता–कार्यकर्तासँग भेट गरेका थिए ।

इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो । अहिले प्रधानमन्त्री देउवा कन्चनपुर पुगेर कार्यक्रममा सहभागी भईसकेका छन् ।

 

प्रधानमन्त्री देउवाद्वारा सुशासन कायम गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

नेपाली कांँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् ।

जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम  गरी जनभावनानुसार काम जनप्रतिनिधिसँग अनुरोध गरेका छन्।

कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।



सम्बन्धित
Loading...