धौवादीको फलाम खानीमा आगामी आर्थिक बर्षदेखि व्यवसायिक रुपमा उत्पादन शुरु हुने
नवलपरासी । निक्कै चर्चामा रहेको नवलपरासीको धौवादीको फलाम खानीबाट आगामी बर्षदेखि व्यवसायिक उत्पादन शुरु हुने भएको छ ।
शुक्रबार संघीय संसदको वैठकमा आर्थिक बर्ष २०७६।७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा जानकारी गराएकी हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भनिन् – सरकारले आगामी आर्थिक बर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसाियक उत्पादन शुरु गर्ने छ ।
त्यसैगरी शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल खण्ड चार लेनमा विस्तार गर्ने कार्य शुरु भएको भन्दै यसलाई सरकारको उपलब्धीमूलक कामको सूचीमा राखेको छ ।
त्यस्तै उत्तर दक्षिण लोकमार्गका कालीगण्डकी कोरिडोरको जोमसोम कोरला खण्डलाई बाह्रै महिना सवारी साधन सञ्चालन हुने गरी स्तरोन्नति गरिने जनाइएको छ ।