बालिकालाई सामूहिक ब`लात्कार गरेको आ`रोपमा ३ जना प`क्राउ

बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक ब`लात्कार गरेको आ`रोपमा तीन जना किशोर प`क्राउ परेका छन्।
बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक ब`लात्कार गरेको आ`रोपमा सोही ठाँउका तीन जना किशोर प`क्राउ परेको जिल्ला प्र`हरी कार्यालय बझाङले जनाएको हाे। बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई प`क्राउ गरेको हो।
गत जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक ब`लात्कार गरेको पीडित पक्षले जनाएको छ। तीनै जनाले ब`लात्कार गरेर कसैलाई भनेमा मा`र्ने धम्की दिएको पीडित पक्षको भनाइ छ ।
बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा ब`लात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितका आफन्तले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले तीनै जनालाई प`क्राउ गरी आवश्यक अ`नुसन्धान सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिनुभएकाे हाे।