ट्रक दुर्घटना, चालक र सह–चलाक ट्रक भित्र च्यापिए




दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

 

प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । प्रहरीका अनुसार दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।

 




साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएकाे र  उद्धार कार्य भईरहेको प्रहरीको भनाइ रहेको छ ।  यद्यपि मृत्यु भएको पुष्टि भएको छैन् ।

 



सम्बन्धित
Loading...