ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा एक जनाको मृत्यु

शहीद लखन गाउँपालिका–७ बुंकोटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको छ ।
आगलागीमा परेकी वस्तीको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
वस्तीको एक तले घर पनि जलेर पूर्ण रुपमा क्षति पुगेको उनले जानकारी दिए ।
शुक्रबार राति घटना भए पनि स्थानीयले भने शनिबार बिहान मात्र जानकारी पाएका थिए ।