साइकलसहित भिरबाट तीन सय मिटर तल खसेका युवकको मृत्यु




रोल्पामा भिरबाट साइकलसहित तीन सय मिटर तल खसेका युवकको मृत्यु भएको छ।

 

जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ खेसाबाङका २१ वर्षीय दिनेश वली साइकलसहित भिरबाट करिब तीन सय मिटर तल खसेका थिए।

 




शुक्रबार बेलुका साढे ६ बजेतिर बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई भिरबाट साइकलसहित खसेका वलीको गम्भीर अवस्थामा उद्धार गरिएको थियो।

 

स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जानकारी दिए।

 

मृतकको शव पोष्टमर्टम गर्न अस्पतालमा राखिएको छ ।

 



सम्बन्धित
Loading...