ईनार सफा गर्ने क्रममा खसेर दुई जनाकाे निधन


चितवन । इनार सफागर्ने क्रममा चितवनमा २ जनाको मृत्यु भएको छ ।



माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

मृत्युहुनेहरुमा माडी नगरपालिका वडा नं. ८ का ३० वर्षका शिव राई र सोहि वडाका २५ वर्षका सुर्य गुरुङ रहेका छन् । इनार सफा गर्नेक्रममा निस्सासिएर उनिहरको ज्यान गएको हो ।




बिषय:- ईनार सफा गर्ने क्रममा खसेको सम्बन्धमा ।

मिति २०७९।०३।०४ गते अ.१६;३० बजेको समयमा जिल्ला चितवन माडी न.पा.७ देबेन्द्रपुर स्थित रिता रेग्मिको घरको भित्र प्यासेजमा रहेको ईनार सफा गर्ने क्रममा ऐ.ऐ. ८ बस्ने बर्ष २५ को सुर्य गुरुङ ईनार भित्र पसेकोमा केही समय पछी बोल्न नसकि हातले ईशारा गरेपश्चात संगै काम गर्न गएका ऐ.ऐ. बस्ने बर्ष ३० को शिव राई कम्मरमा डोरी बानी सुर्य गुरुङलाई उद्दार गर्न ईनार भित्र पसेकोमा निजले आफुलाई बाँधेको डोरी चुडिन गई तल खसे पश्चात प्रहरी चौकी कल्याणपुरमा जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय माडी र प्र.चौ. कल्याणपुरबाट प्रहरी टोली खटिई गई प्रहरीले समेत आफ्नो शरिरमा डोरी बाँधी तल जान खोज्दा अक्सिजन कमी भई स्वास प्रस्वासमा असहज हुने भएपछी बाहिर निस्की स्थानिय बगौडा अस्पतालबाट अक्सिजन ल्याई प्रहरी, शसस्त्र प्रहरी र स्थानिय मानिसहरु भई ईनारबाट पानी निकाली दुवै जनाको शव उद्दार गरि बाहिर निकाली घट्नास्थल तथा लाशजाँच मुचुल्काको कार्य भई रहेको ।



सम्बन्धित
Loading...