कावासाेती १५ गाेडारमा जाखडी थान स्थानान्तर (फोटो फिचरसहित)

नवलपुर, असार ५।
पूर्वी नवलपरासीको कावासाेती १५ गाेडारमा जाखडी थान स्थानान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार कावासाेती १५ मा अवस्थित थारु समुदायको जाखडी थान स्थानान्तरण गरिएको हाे ।
कावासाेती १५ मा नै रहेकाे नयाँ निर्माण गरिएकाे थानमा थारु समुदायको विधिबाट जाखडी थान स्थानान्तरण भएकाे छ ।
विशेष बाजागाजा संगै झाकीका साथै थारु समुदायको जाखड साेही समुदायको गुराैंद्वारा स्थानान्तरण गरिएको छ ।
थारु समुदायमा पुजा गर्ने देवीकाे मन्दिर या शक्तिपिठलाइ जाखडी भन्ने चलन रहेकाे छ ।
थारु बस्तीकाे प्रत्येक टाेल वा गाउँमा जाखडी थान रहेकाे हुन्छ । विशेष पुजा पाठ तथा बार्ना र अाैसी पुर्णिामामा जाखडी थान पुजा गर्ने चलन थारु समुदायमा रहेकाे छ ।
















