चार किलोमा पहिरो खस्दा तीन जना घाइते, तीन मोटरसाइकल पुरिए


नारायणगढ-मुग्लिन



सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।

शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुन: पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।




घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५:४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै पुन: सडक अवरुद्ध बनेको छ । osNepal.com

 



सम्बन्धित
Loading...