बालेन साहले आज पहिलो निति तथा कार्यक्रम सार्वजनिक गर्दै


महानगरपालिकाको



नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले जानकारी दिए।

उनका अनुसा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।काठमाडौंको नीति तथा कार्यक्रम : बालेन्द्रको ‘भिजन’मा तीनदलको घोषणापत्र ‘फ्युजन’




महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ।महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ।

यो पनि पढ्नुहोश: नगेन्द्रकान्छा चोकबाट हराएका बालकको भारतको पटनाबाट उद्धार भएको छ। १४ वर्षीय नवीन रुवाली क्रिकेट खेल्न भनी डेराबाट निस्केका थिए।
परिवारले बालक हराएको निवेदन असार २ मा बानेश्वर प्रहरीमा दिएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा बालकलाई पटनामा फेला पारेको हो।

परिवार र भारतीय प्रहरीसँगको निरन्तर समन्वय र सहकार्यमा बालकको पहिचान तथा खोजलतास गरी पटना रेल्वे स्टेसनबाट सकुशल रुपमा उद्धार गरी प्रहरी वृत्त नयाँ बानेश्‍वरमा ल्याई अभिभावको जिम्मा लगाइएको पैहरीले जनाएको छ।

 



सम्बन्धित
Loading...