युवकसंग विवाहको नाटक !करोडौँ सम्पती ठगी गरी आफ्नो नाममा पास गर्ने महिलालाई पक्राउ
प्रहरीले
विवाहको नाटक गरेर करोडौं ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने वर्ष ३८ की भावना तामाङलाई पक्राउ गरेको हो।
आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा फुर्वा मोक्तानले उनी विरुद्ध उजूरी दिएका थिए। मोक्तानको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको हो ।
करीब १ करोड ५० हजार रुपैयाँ नगद, गरगहना र ससुराको नाममा रहेको घर, जग्गासमेत आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएकी भावनाको बारेमा फुर्वाले परराष्ट्र मन्त्रालय, विभिन्न महिला संघसंस्थाहरुमा उजुरी गरे पछि उनी नेपाल फर्किएकी थिइन् ।
ठगी आरोपमा गत जेठ ३० गते नै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी भक्तपुरले बताएको छ ।ती महिलाले रौतहटको चन्द्रपुर नगरपालिका- २ फूलबारीका फुर्वा मुक्तानसँग विवाह गरेकी थिइन् । विवाहपछि फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरोप छ ।सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाले गुनासो गरेका छन् ।
भावनाविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। प्रहरीले अहिले घटनाको अनुसन्धान भइरहेको र प्रमाणित भएमा जरीवानासहित १० वर्षसम्म जेलसजाय हुन सक्ने कानूनी प्रावधान छ ।