१ लाख बढीसहित नवलपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ
कावासोती । पूर्वि नवलपरासी (नवलपुर) मा जुवाको खालबाट ८ जना पक्राउ परेका छन् ।
जुवातास खेली रहेको अवस्थामा विनयी त्रिवेणी १ जैकुटीमा रहेको रिभर साईट पार्टी प्यालेसबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जुवाको खालबाट पक्राउ पर्नेमा विनयी त्रिवेणी १ बस्ने वर्ष ४८ को विन्दु कुमार श्रेष्ठ, ३२ वर्षका भिम कुवर, ३७ वर्षका हरि तामाङ, ४९ वर्षका ओम प्रकास देबकोटा, ३५ वर्षका नारायण बस्याल, ३४ वर्षका महेन्द्र गोदार, ५८ वर्षका कृष्ण सुबेदी र विनयी त्रिवेणी २ बस्ने ५३ वर्षका गोपाल न्यौपाने रहेको छन् ।
प्रहरीले उनिहरुको साथबाट नगद १ लाख ५ हजार ८ सय ५० रुपैया र ३ बुक तास समेत बरामत गरेको छ ।
उनिहरुलाई जुवा मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोस पाठकले जानकारी दिए ।

याे पनि … …
सेयर बजार ३७.२७ अंकले घट्यो
साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।
आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४.०५ प्रतिशले बढ्यो ।
सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९.५६ प्रतिशतले घटेर २४९.९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रपावर र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।