बालेन शाहको घोषणाः दरबार हाइस्कुललाई देशकै नुमना बनाईने




दरबार हाइस्कुललाई देशकै नुमना बनाईने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगप्रमुख बानेल साहले दरबार हाइस्कुललाई देशकै नुमना बनाईने उल्लेख गरेका हुन् ।

प्रमुख साहका अनुुसार एक विद्यालय र एक सोसियल नर्सलाई निरन्तरता दिइने छ । त्यस्तै, निजी विद्यालयमा दमकलको व्यवस्था गरिनेछ ।

 




काठमाडौंमा ‘एम्फी थिएटर’ बनाउने महानगरको घोषणा

 

काठमाडौं महानगरपालिकाले ‘एम्फी थिएटर’ निर्माण गर्ने भएको छ ।
आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन (बालेन्द्र) साहले काठमाडौंमा ‘एमफी थिएटर’ निर्माण गर्ने घोषणा गरेका हुन् ।

सार्वजनिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘कला क्षेत्रलाई प्रबर्द्धन गर्नका लागि काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिनेछ ।’

 

यस्तै नीति तथा कार्यक्रममा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु र बसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने उल्लेख छ ।

महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रकाशित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।



सम्बन्धित
Loading...