नवलपरासीमा टवाइलेटमा लडेर निधन

नवलपुर । पूर्वी नवलपरासीमा शौचालयमा लडेर आइतबार एक जनाको ज्यान गएको छ ।
कावासोती ११ कुडौली निवासी २७ बर्षीय हिरालाल गुरौको निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।
कावासोती १३ निवासी खेमलाल चौधरीको ट्याक्टर चलाउँदै आएको हिरालाल गुरौ खेमलाल चौधरीको घर आइतबार विहान ११ बजेतिर शौचालय गएर फर्कने क्रममा चिप्लिएर निधन भएको हो ।
शौचालयमा लडेर गम्भीर घाइते गुरौंलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
याे पनि …
कावासोतीमा कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँस्थानहरूमा मोबाइल एप मार्फतशाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आइतबारबाट नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं ७ साँढमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
कावासोती ७ साँढ निवासी भीमा भुर्तेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैकले जनाएको छ ।
कावासोती ०७ का वडा अध्यक्ष गोविन्द प्रसाद महतोले शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए ।
शाखा उद्घाटन कार्यक्रममा कावसोती ७ का वडा सदस्यरुद्र बहादुर बस्नेत, पुर्व वडा सदस्य विष्णु प्रसाद काफ्ले, साहित्यकार सदानन्द जैसी अभागी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।
शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने कार्यक्रममा जनाइएको थियो ।
शाखा विस्तार पछि ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।