उपाध्यक्षको आफन्तको मृत्युमा,गाउँपालिकाद्वारा सार्वजनिक विदा

रुपन्देहीको मर्चवारीमा आज सार्वजनिक बिदा दिइएको छ।
गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएपछि आज सार्वजनिक बिदा दिइएको हो।
मृतक उपाध्यक्षको देवर नाता पर्ने भनिए पनि विज्ञप्तिमा मृतकको परिचय भने खुलाइएको छैन।गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले द्वारा जारी विज्ञप्तिमा भनिएको छ असार ५ गते आइतबार (आज) सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
गउँपालिका कार्यालय,वडा कार्यालय,विद्यालयलगायतका संघसंस्था सबैमा आज बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ।
हेर्नुहोस् गाउँपालिकाद्वारा जारी विज्ञप्ति:

याे पनि …
लाखौं रकमसहित ६ जना जुवाडे पक्राउ
सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण र उनीहरूको साथबाट बरामद भएको रकम सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।