महंगीले जनताको ढाडसक्दै सरकार, पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बसको भाडामा व्यापक वृद्धि, दररेट सहित




काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडासमेत वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो ।




विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५ दशमलव ३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६ दशमलव ९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७ दशमलव ७ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।

पछिल्लो पटक डिजेलको मूल्यमा प्रतिलिटर २७ रुपैयाँसम्मले मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्नु परेको विभागको भनाइ छ ।

आइतबार नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा समान प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

हेर्नुहोस् बढेको भाडादरको सूची :

2079.03.06अन्तरप्रदेशभाडादर2022-06-20_12-28-38-219


सम्बन्धित
Loading...