प्रचण्डकी नातिनी विद्यार्थी संगठनको केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रका


प्रचण्डकी नातिनी विद्यार्थी संगठनको केन्द्रीय सदस्य



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी दृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । स्वर्गीय ज्ञानु दाहालकी छोरी दृष्टिलाई आइतबारको अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

विद्यार्थी संगठनमै नभएकी दृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राखेकी हुन । तर, अध्यक्ष पञ्चा सिंहले दृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको प्रतिक्रिया दिइन् । ‘दृष्टि लामो समय अखिल क्रान्तिकारीमै हुनुहुन्थ्यो । अहिले केन्द्रीय समितिमा राखिएको छ’ सिंहले भनिन्, ‘हामीले अध्यक्ष कमरेडको नातिनी भनेर राखेका होइनौ । योगदान गरेको भनेर राखिएको हो ।’



सम्बन्धित
Loading...