बाढीले अटो बगाउँदा एकको मृत्यु, दुई जनाको उद्धार




सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडक खण्डको बाघ खोलामा वर्षाको कारण आएको बाढीले आइतबार को २ ह ९७८५ नम्बरको अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

 

धरानबाट चतरातर्फ जाँदै गरेको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ वर्षी या ईस्थिविना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।




सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय राजु राईलाई सकुशल उद्धार गरेको छ ।

गम्भीर घाइते भएकी रसुवा जिल्लाको गोसाईंकुण्ड नगरपालिका ३ बस्ने १८ वर्षीया आलिया तामाङलाई उद्धार पश्चात् तत्कालै उपचारको लागि चतरा अस्पतालतर्फ पठाइएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट सशस्त्र प्रहरीको टोली खटिई गई उनीहरूको उद्धार कार्यमा जुटेको थियो ।

सडकबाट करिब ५ सय मिटर तल फेला परेको उक्त अटोलाई सशस्त्र प्रहरीले सो ठाउँबाट निकाली इलाका प्रहरी कार्यालय चतरामा बुझाएको छ भने राईको शव पोस्टमार्टमको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको छ ।

 



सम्बन्धित
Loading...