कावासाेती १५ लाई लागूअाैषध र मदिरा मुक्त क्षेत्र बनाईने


सालिकराम भट्टराई



कावासाेती । पूर्वी नवलपरासीकाेे कावासाेती १५ लाई लागूअाैषध र मदिरा मुक्त क्षेत्र बनाईने भएकाे छ ।

कावासोती नगरपालीका वडा न १५ को आयोजनामा आज आयोजना गरिएको लागुपर्दाथ दुब्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै वडाध्यक्ष देव नारायण महताेले कावासाेती १५ लाई लागुअाैषध र मदिरा मुक्त क्षेत्र बनाईनेे बताए ।




महतोले कावासाती १५ क्षेत्रलाई मदिरा तथा लागुऔषध मुक्त क्षेत्र बनाउनका लागि सूचनामुलक बोर्ड राख्ने, आचारसंंहिता निर्माण गर्ने, समुदाय र प्रहरी मिलेर घरदैलो कार्यक्रम लगाएतका बिभिन्न कार्यक्रम सन्चालन गर्दै जाने बताए ।

कार्यक्रममा कावासाेती नगरपालिकाका उपप्रमुख प्रेम शकर मर्दनियाले लागु पदार्थ दुब्र्यसन समाज बिकासको मुख्य बाधक भएकाले यसको बिरुद्ध बिभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्ने बताए।

कार्यक्रममा असल छिमेकी नेपालका प्रतीनीधी, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रतीनीधी, टोल बिकास सस्थाका प्रतीनीधी, नवलपुर हेल्थ पोष्ट कोल्हुवाका प्रतीनीधी, स्थानीय क्लबका प्रतिनिधी लगायतकाको उपस्थीती रहेको थियो ।



सम्बन्धित
Loading...