क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा


क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा



विश्वभर एक महिला पाइलटको चर्चा भइरहेको छ ।स्पाइसजेटको विमानकी पाइलट क्याप्टेन मोनिका खन्ना खुबै चर्चामा छिन् ।उनको बहादुरी र सीपको प्रशंसा हुँदैछ । मोनिकाले १९१ यात्रुको ज्यान बचाएर विमानलाई सकुशल अवतरण गराएकी थिइन् ।

वास्तवमा भारत, बिहारको पटनामा आइतबार ठूलो विमान दुर्घटना हुनबाट बच्यो । उड्ने क्रममा विमानको इन्जिनसँग चरा ठोक्किएपछि विमानमा आगो लागेको थियो । त्यसपछि एउटै इन्जिनले आकस्मिक अवतरण गराइयो ।




प्राप्त जानकारी अनुसार पाइलट क्याप्टेन मोनिकाले स्पाईसजेट बोइङ ७२३ को उडान भर्दै थिइन् । आगलागी भएको थाहा पाएपछि उनले सुझबुझ देखाएर आगो लागेर प्रभावित इन्जिन बन्द गरिन् ।उनको यो कदमका कारण झण्डै २०० जना सवार विमान ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।

स्पाइसजेटले आफ्नो विज्ञप्तिमा क्याप्टेन मोनिका खन्ना र उनीसँग सेवा गरिरहेका बलप्रीत सिंह भाटियाले दुर्घटनाको समयमा चलाखीपूर्वक काम गरेर ठूलो दुर्घटना टारेको बताएको छ । मोनिकाले नआत्तिएर परिस्थितिलाई सम्हालेकी थिइन् । स्पाइसजेटले भनेको छ, ‘उनी अनुभवी अधिकृत हुन् । हामी उनीहरूमाथि गर्व गर्छौं ।’यो विमान पटनाबाट दिल्लीका लागि उडेको थियो । सोही क्रममा आगलागी भएको हो ।janaboli बाट साभार

 

 



सम्बन्धित
Loading...